दफा ८६
विभागीय सजाय दिने अधिकारी
(१) कर्मचारीलाई दफा ८१ को खण्ड (ख) बमोजिम विशेष सजायको आदेश दिने अधिकार देहायका अधिकारीलाई हुनेछः-
(क) राजपत्राङ्कित प्रथम श्रेणी र सोभन्दा माथिको पदमा कार्यरत कर्मचारीलाई समिति,
(ख) राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीलाई महासचिव,
(ग) राजपत्र अनङ्कित कर्मचारीहरुलाई सचिवालय सचिव ।
(२) दफा ८१ को खण्ड (क) बमोजिमको सजायको आदेश दिने अधिकार तोकिएको अधिकारीलाई हुनेछ ।